२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिय सानु, तिमी कति स्ट्रोङ्

(कविता)

अ+ अ-

लक्ष्मीको साक्षात् भएर आउने
परिवारको खुसी बनेर आउने
स्वर्गकी परी बनेर आउने
आँगनै झलमल बनाई आउने
प्रिय सानु, तिमी कति प्यारी ।

मेलापात अनि वस्तुभाउ पनि
सरसफाइ, भान्छा चौकोस पनि
झकिझकाउ अनि सुन्दर बनाई
सबै काम सकी स्कुल जाने
प्रिय सानु, तिमी कति जाति ।

मुटुमा एउटा भइदिने अर्कै
बाबाआमाको इज्जत सम्झी
आफू रोई अरूलाई हँसाउने
जिन्दगी पुरै अरूलाई सुम्पने
प्रिय सानु, तिमी कति त्यागी ।

परिवेश नौलो परिस्थिति अर्कै
त्यै पनि झेल्दै सपना बुन्ने
अर्कैको घर सम्हाल्नु पर्ने
पराई आफ्नो बनाई बाँच्ने
प्रिय सानु, तिमी कति त्यागी ।

सृष्टिको खानी काखमा नानी
त्यै पनि घरको सबै सकार्ने
आफ्नो मिठाई अरूलाई भर्ने
हरेक पलमा सहारा बन्ने
प्रिय सानु, तिमी कति ज्ञानी ।

स्वदेश, परदेश सबै भोग्नु पर्ने
लाञ्छना उस्तै सबै सुन्नु पर्ने
सामाजिक रीति तिम्रै खिलाफमा
आँखा चिम्लेर तिमीलाई धर्ने
प्रिय सानु, तिमी कति बागी ।

संसारी नजर बेइमानी कहर
मुटुमा बोकी आए जति जहर
काम राम्रो भए अरूकै नाम
गलत भए तिम्रो बदनाम
प्रिय सानु, तिमी कति माथि।

त्यसैले देख्छु तिमी नै एउटा
मानव जीवनको दुनियाँको ज्ञाता
आँसु पिएरै मुस्कान छर्ने
बैगुनीलाई गुनले ऋण तिर्ने
प्रिय सानु, तिमी कति जाति ।

दुनियाँ लाग्छन् तिम्रै विरोधमा
त्यै पनि कदम रोक्दैनौ कहिल्यै
समाजको दृष्टि खोज्दछौ फेर्न
नारी र पुरुष समान हेर्न
प्रिय सानु, तिमी कति माथि ।

संसारी हल्ला नसुनी तिमी
कदम अगाडि बढाई राख
साथमा साथ मिलाइदिन्छु
यो जुनी होइन सयौँ जुनीसम्म
प्रिय सानु, तिमी मनको साथी ।

दुनियाँको भारी थाप्लोमा बोकी
सहर्ष यात्रा निरन्तर चाल्दै
गन्तव्यसम्म पुग्ने तिम्रो अठोट
बाधा व्यवधान हटाउँदै जाने
प्रिय सानु, तिमी कति स्ट्रोङ् ।

दुनियाँले वास्ता नगरे पनि
संसारी माया नपाए पनि
साथमा तिम्रो अनन्त छु म
अगाडि बढ संसारै जित्न
प्रिय सानु, तिमी अति स्ट्रोङ् ।।
[email protected]

प्रतिक्रिया दिनुहोस