नेकपा बैठक : उपस्थित भएलगत्तै बाहिरिए प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा बैठक : उपस्थित भएलगत्तै बाहिरिए प्रधानमन्त्री


१३ असार २०७७, शनिबार


काठमाडौं । शुक्रबारको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारको बैठकमा उपस्थित भएका थिए । तर उपस्थित भएको केही बेरमै उनी बाहिरिएका थिए ।

आजको तेस्रो बैठक करिब साढे ११ बजे सुरु भएको थियो । तर प्रधानमन्त्री १२ नबज्दै बैठकबाट बाहिरिएको स्रोतको भनाइ छ ।

अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गरिरहेको हुनाले आफू उपस्थितहुनु जरुरी नभएको र प्रधानमन्त्री भएकाले अरु पनि काम भएको जानकारी प्राधानमन्त्री ओलीले दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठक बुधबारदेखि बालुवाटारमा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस