दुई असईसहित ३ जना प्रहरी निलम्बित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई असईसहित ३ जना प्रहरी निलम्बित


१२ असार २०७७, शुक्रबार


जनकपुरधाम । प्रदेश २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् ।

निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा र इलाका प्रहरी कार्यालय देबाही गेनाही दरबन्दी भई प्रहरी चौकी ब्रहमपुरीमा कार्यरत असई सञ्जीवकुमार झा रहेका छन् ।

असई साह र जवान हजाराले आर्थिक प्रलोभनमा परी हुन्डी कारोबारीमा संलग्न व्यक्तिलाई सघाएको प्रमाणित भएपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यस्तै असई झाले प्रहरी आचरणविरुद्ध काम गर्दा पटक(पटक सुध्रिने मौका दिँदासमेत नसुध्रेकाले निलम्बन गरिएको सिंहले बताए । असई झा हालै मात्र एक महिलासँग रातिको समयमा आपत्तिजनक अवस्थामा भेटिएका थिए । आपत्तिजनक अवस्थामा उनलाई गाउँलेले फेला पारी प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस