काठमाडौंबाट गौरीफन्टा नाका पुगेर खानाखुवाउँदै नेता महर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंबाट गौरीफन्टा नाका पुगेर खानाखुवाउँदै नेता महर


६ असार २०७७, शनिबार


नेपाल-भारतको सीमानाका गौरफन्टामा पुगेर नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर भारतबाट आउने नागरिकलाई खाना खुवाउन व्यस्त छन्।

विचल्ली परेका नेपालीलाई नेता महरलगायत युवा नेता गजेन्द्र बिक्रम शाही, दिवेन्द्र जोशीहरू खाना खुवाउन जुटेका छन्। भारतबाट सुदूरपश्चिममा मात्रै तीन लाख मानिस नेपाल भित्रिएका छन्।

राज्यले सीमामा विचल्ली परेका नागरिककाको बेवास्था गरिरहेको अवस्थामा आफू उद्धारमा जुटेको नेता महरले बताए। उनी दुई दिनअघि मात्रै काठमाडौंबाट कैलाली पुगेका हुन्।

भारतबाट गौरीफन्टानाका भएर तीन लाखबढी नेपाली भित्रिएका छन्। तर, अहिलेसम्म १० हजारको मात्र पिसिआर परीक्षण भएको छ। यस्तो अवस्था हुनुभनेको निकै दुखद् रहेको नेता महरले बताए।

खाना, पिउने पानी, व्यवस्थित क्वारेन्टाइन र परीक्षणको राम्रो व्यवस्था नहुँद सुदूरपश्चिम उच्च जोखिममा छ। राज्य बेखवर बन्दा आफूहरू सहयोगमा जुटेको उनले बताए।

मानवसेवा नै धर्म हो भन्ने ध्यएका साथ गजेन्द्र शाही नेतृत्वको टोलिले एक महिनादेखि खाना खुवाउने अभियान नै चलाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस