विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय


६ असार २०७७, शनिबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । शनिबार बिहान ९ बजे बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

संघीय संसदको राज्य व्यवस्था र सुशासन समितिले आइतबारसम्म यसबारे सहमति जुटाउन समय दिएको थियो।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अहिलेकै व्यवस्था चलाउन नहुने अडान लिएको छ। प्रतिपक्षी दलको असहमतिका कारण अंगीकृत नागरिकतबाारे सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस