थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो, १,१८६ जना डिस्चार्ज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो, १,१८६ जना डिस्चार्ज


४ असार २०७७, बिहिबार


काठमाडौं । आज थप ६७१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५९१ जना पुरुष र ८० जना महिला छन् ।

नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कूल संख्या ७,८४८ जना पुगेको छ । जसमध्ये पुरुषको संख्या ७,२२९ र महिलाको संख्या ६१९ जना रहेको छ ।

हालसम्म १ हजार १८६ जना निको भएर अस्पतालबाट डिचार्ज भएका छन् । जसमध्ये ११४ जना महिला र १०७२ जना पुरुष छन् ।

थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस