२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतको पोलबाट खसेर मजदूरको मृत्यु

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ । नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युतको पोल (खम्बा) बाट खसेर मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।

विद्युतका तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ । यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेकोे बताए।

“खम्बाबाट खसेर मृत्यु भएको हो । शव अस्पतालमा राखिएको छ । घर परिवारलाई जानकारी दिइएको छ”, उनले भने, “के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौँ ।” लुहारका श्रीमती र एक छोरी छन् । लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो । रासस

प्रतिक्रिया दिनुहोस