सशस्त्रका आईजीपी खनाल र प्रधानसेनापति थापा दार्चुला प्रस्थान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सशस्त्रका आईजीपी खनाल र प्रधानसेनापति थापा दार्चुला प्रस्थान


३ असार २०७७, बुधबार


काठमाडौं । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आज(बुधबार) दार्चुलातर्फ प्रस्थान गरेका छन् ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु आज दार्चुला प्रस्थान गरेका हुन् ।

उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान दार्चुला गएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको र स्थायी संरचना पनि बनाउने तयारी रहेको बताइएको छ ।

यस्तै नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ ।

त्यो भन्दा अघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटो बनाउन घाँटी बगरमा ट्याक खोल्ने काम सेनाले गरिररहेको छ ।

प्रतिक्रिया दिनुहोस