सरकारी कार्यालय असार १ गतेदेखि दुई सिफ्टमा सञ्चालन हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारी कार्यालय असार १ गतेदेखि दुई सिफ्टमा सञ्चालन हुने


२९ जेष्ठ २०७७, बिहिबार


सचिव

काठमाडौँ । सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने भएको छ।

बुधवार राति बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्दै लैजाने गरी गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने भएको बताए ।

उनका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने भएको छ।

कार्यालयमा भिडभाड नहुने गरी काम सहज रूपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको उनले बताए। आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरू सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस