लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्चको अन्तरिम आदेश जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्चको अन्तरिम आदेश जारी


२९ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले ७ गतेभित्र कर बुझाउनु पर्ने सरकारको सूचनालाई रोक लगाउँदै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने भनि अन्तरिम आदेश जारी गरेको हो ।

उक्त आदेश न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले जारी गरेको हो ।

आन्तरिक राजस्व विभागले असार ७ गतेसम्म कर बुझाउनु पर्ने मिति तोकेको थियो । कर तिर्न ताकेता गरेको सूचनाले व्यवसायीहरु मारमा परेको भन्दै अधिवक्ता सिर्जना अधिकारीलगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

बुधबारको सुनुवाइपछि भएको अन्तरिम आदेशको विवरण बिहीबार सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस