घरायसी झगडा मिलाइदिने भन्दै पचास हजार घुस माग गर्ने प्रहरी कर्मचारीसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घरायसी झगडा मिलाइदिने भन्दै पचास हजार घुस माग गर्ने प्रहरी कर्मचारीसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा


२८ जेष्ठ २०७७, बुधबार


अख्तियार

काठमाडौं । घरायसी झगडाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस माग गर्ने कैलालीका प्रहरी नायव निरीक्षकसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले इलाका प्रहरी कार्यालय मसुरीयाका प्रहरी नायव निरीक्षक दील बहादुर महरा र बृख बहादुर धामीविरुद्ध विशेष अदालत काठामाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।

प्रहरी नायव निरीक्षक महराले आफ्नो लागि सेवाग्राहीबाट बृख बहादुर धामी मार्फत उक्त पचासहजार रुपैयाँ लिन लगाएको प्रमाणित भएको अख्तियारको दाबी छ ।

प्रहरी नायव निरीक्षक महरा र मध्यस्तकर्ताको काम गर्ने गौरीगंगा नगरपालिका –१० का बृख बहादुर धामीलाई पचासहजार बिगो कायम हुने गरी माग दाबी गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस