झापाका २८ जना कोरोना संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

झापाका २८ जना कोरोना संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज


२७ जेष्ठ २०७७, मंगलबार


सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज २८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य प्रोटोकल अनुसार लगातार दुई पटकसम्मको पीसीआर जाँच रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाकाले बताए। डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेका छन् ।

भारतबाट फर्किएका उनीहरु दुई साताअघि कोरोना पुष्टि भएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रवक्ता सापकोटाका अनुसार अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना मात्र कोरोना संक्रमित उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको आइसोलेसनमा हालसम्म १ सय ८४ जना राखिएकोमा मंगलबार डिस्चार्ज गरिएकासहित ९९ जना निको भएर घर फर्केको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस