दुई सहसचिवको सचिवमा बढुवा, कानुन सचिवमा ऋषि राज भण्डारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई सहसचिवको सचिवमा बढुवा, कानुन सचिवमा ऋषि राज भण्डारी


२६ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । दुई सहसचिवलाई सचिवमा बढुवा गरिएको छ ।

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले नेपाल न्याय सेवा तर्फका सहसचिव(राजपत्राङ्कित प्रथम श्रेणी)द्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई सचिव(राजपत्राङ्कित विशिष्ट श्रेणी)मा बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयमा कार्यरत सापकोटालाई सचिवमा बढुवासँगै सत्य निरूपण मेलमिलाप आयोग र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।

प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका सचिवले अनिवार्य अवकाश लिएसँगै रिक्त दुई सचिव(कानुन) पदमा वरिष्ठ दुई सहसचिवको बढुवा भएको हो ।

यसै गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा ऋषि राजभण्डारीको सरुवा भएको छ । भण्डारी सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालयका सचिव हुन् ।

आयोगको बैठकले विभिन्न तहका दर्जनौँ कर्मचारीको सरुवा, बढुवा नियुक्ति एवं पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस