२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई भाडामा भारी छुट

अ+ अ-

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आइतबार पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी भनिएको छ । नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि रु ८६० घटाएर रु दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भद्रपुरको रु ७५० घटाइ एक हजार ९५० बनाइएको छ । काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको रु दुई हजार १६० बाट रु ६०० घटाएर एक हजार ५५० कायम गरिएको छ ।

पोखराको रु २७० घटाएर रु ६९५ बनाइएको छ । काठमाडौँ–धनगढीको साविकको रु तीन हजार ९७५ बाट रु एक हजार १०५ घटाई रु दुई हजार ८७० निर्धारण गरिएको छ । काठमाडौँ–नेपालगञ्जको रु ८१५ घटाई रु दुई हजार ११५ बनाइएको छ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ५५८ र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णयअनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको सङ्घका महासचिव योगराज कँडेल शर्माले बताए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस