एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक


२५ जेष्ठ २०७७, आइतबार


काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् । तर अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले बनाएको कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस