निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न दिने प्रक्रिया शुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न दिने प्रक्रिया शुरु


२४ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नीजि संस्थालाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने प्रक्रिया शुरु गरेको छ।

प्रयोगशालाले रियल टाइम पीसीआर मेसिन भएका नीजि प्रयोगशाला र अस्पतालहरुका लागि कोरोना परिक्षण गर्ने बाटो खोलेको हो। २२ जेठमा प्रयोगशालाले नीजि क्षेत्रलाई कारोना जाँच्न दिनेबारे निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार, प्रयोगशालाले इच्छुक दर्तावाला ल्याबलाई कोभिड–१९ परीक्षणका लागि आफुसँग भएको क्षमता खुलाई सात दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ।

प्रयोगशालाका निर्देशक डा. रुणा झाका अनुसार, निजी ल्याबले इमलेमार्फत् प्रस्ताव पेश गर्न सक्नेछन्। २० जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रले प्रयोगशालाई पत्र पठाएर कोरोना परिक्षण बढाउन निजी क्षेत्रसँगको सहकार्य गर्नेगरी छलफल गरेर मोडालिटी तयार पार्न अनुरोध गरेको थियो।

प्रयोगशालाले ए र बी ग्रेडका ल्याबलाई अनुमति दिनेगरी तयारी थालेको छ। अहिलेसम्म मुलुकमा सरकारी स्तरमात्र कोरोना भाइरस परिक्षणको काम भइरहेको छ।

तर। भारत लगायत विभिन्न मुलुकहरुबाट नेपाल भित्रिएर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढिरहेका बेला शंकास्पद सबैको कोरोना परिक्षण हुन सकिरहेको छैन।

सरकारले अहिलेसम्म मुलुकभरका २४ वटा प्रयोगशाला मार्फत् कोरोना परिक्षण गर्दै आइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस