सुदूरपश्चिममा पाँच दिनका लागि थ्रोट स्वाब सङ्कलनको काम स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिममा पाँच दिनका लागि थ्रोट स्वाब सङ्कलनको काम स्थगित


२३ जेष्ठ २०७७, शुक्रबार


डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोनाका सम्भावित सङ्क्रमितको परीक्षणका लागि आवश्यक पर्ने स्वाब सङ्कलनको काम ५ दिनका लागि स्थगित गरिएको छ ।

प्रदेशमा यसअघि सङ्कलित नमुनाकै परीक्षण गर्न बाँकी रहेकाले पाँच दिनका लागि थ्रोट स्वाबको नमुना सङ्कलनको काम स्थगित गरिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गर्दै पाँच दिनसम्म स्वाबको नमुना सङ्कलन नगर्न भनेको हो । निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढी प्रयोगशाला मार्फत दैनिक दुई सय ५० जनाको मात्र परीक्षण सम्भव भएको बताए ।

उनले प्रदेशमा सङ्कलित एक हजार ८३ जनाको परीक्षण गर्न बाँकी रहेकोले प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै ५ दिनका लागि सङ्कलनको काम रोक्न भनिएको जानकारी दिए ।

भारतबाट आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएसँगै स्वाब सङ्कलनको मात्रा पनि बढेको छ। तर, परीक्षण गर्ने बढी क्षमता नहुँदा समस्या भइरहेको उनको भनाई छ।

Tags :
प्रतिक्रिया दिनुहोस