गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा


२३ जेष्ठ २०७७, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रिन्ट कागज खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध २६ लाख १६ विगो कायम गरिएएको छ । उनीहरुले कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको विशेष अदालतमा दायर गरिएको मुद्दामा उल्लेख छ ।

महाप्रबन्धक वसन्त प्रकाश उपाध्याय, तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी, कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसालीविरुद्ध मुद्दा दायर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस