२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन उपभोक्ता समूहका कोषाध्यक्ष घुससहित पक्राउ

अ+ अ-

सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीका दुई वटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई घुससहित नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीन पाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समूहका कोषाध्यक्ष मीनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समूहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घोलेको साथबाट ३ लाख र रानाको साथबाट ३० हजार पाँच सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो ।

दुवै समूहका कोषाध्यक्षले तीन पाटन गाउँपालिका १० मा सेवाग्राहीले सञ्चालन गरेको एक कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको ९ मा लैजान दिने भनी तीन लाख ३० हजार पाँच सय रुपैयाँ रकम लिएका थिए ।

सूचनाका अधारमा इलाका प्रहरी कार्यालय डकाहाको टोलीले तीन पाटन गाउँपालिका १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट घुस रकमसहित घोले र रानालाई नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको प्रवक्ता कोइरालाले जनाए ।घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस