सीडीओ बैठकको निर्णय : पसल खुलेको विषयमा उच्चस्तरीय समितिलाई जानकारी गराउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सीडीओ बैठकको निर्णय : पसल खुलेको विषयमा उच्चस्तरीय समितिलाई जानकारी गराउने


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । उपत्यकाका तीन जिल्लाका सिडियोहरुको बैठकले कोरोना सम्बन्धी उच्चस्तरीय समितिलाई पसलहरु खुलेको बारे जानकारी गराउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा व्यवसायीहरुले आफूखुसी पसल खोल्न थालेपछि आज बिहीबार उपत्यकाका तीन जिल्लाका जिल्ला अधिकारीहरुले आकस्मिक बैठक बोलाएका थिए । काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठकमा यसबारे छलफल भएको थियो । यो समस्याबारे उच्चस्तरीय समिति र सीसीएमसीलाई जानकारी गराउने निर्णय भएको बताइएको छ ।

लकडाउनको बारेमा निर्णय गर्ने क्षेत्राधिकार आफूहरुको नभएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिएका छन् । उनले आफूहरु कार्यान्वयन गर्ने निकाय भएको बताउँदै सरकारले अर्को निर्णय नगर्दासम्म पुरानो निर्णय कार्यान्वयन गराउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस