भोलि ११ बजेदेखि दैनिक पसल खोल्ने व्यवसायीहरूको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि ११ बजेदेखि दैनिक पसल खोल्ने व्यवसायीहरूको घोषणा


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । लकडाउन घोषणा भएको ७२ औँ दिनमा व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आह्वानमा भोलि बिहीबारदेखि व्यवसायीहरूले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

बुधवार बसेको महासङ्घको बैठकले भोलि जेठ २२ गतेदेखि नियमित रूपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासङ्घले बुधवार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ । उपत्यकाभित्रका सबै खाले मल, सपिङ सेन्टर, विशाल बजार, महाबौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरू खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासङ्घका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

महासङ्घले बजार खुलाउनु पर्नाका तीन वटा कारण उल्लेख गरेको छ । सरकारले कर मागेको, बैङ्कले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घर भाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको अध्यक्ष कटुवालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस