पर्सामा जोर-बिजोर प्रणालीमा पसल खोलिने - प्रशासन प्रशासन
prasaLogo
२१ जेष्ठ २०७७, बुधबार

पर्सामा जोर-बिजोर प्रणालीमा पसल खोलिने


प्रकाशित मिति : 3 June, 2020 8:00 pm

वीरगञ्ज । पर्सामा शुुक्रबारदेखि जोररबिजोर प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न पाउने भएको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै शुुक्रबारबाट जोर÷बिजोर प्रणाली(गते) अनुसार व्यवसाय सञ्चालनको अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको उनले बताए ।

यसैगरी जोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस