हङकङ चीनको अभिन्न अङ्ग : परराष्ट्र मन्त्रालय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हङकङ चीनको अभिन्न अङ्ग : परराष्ट्र मन्त्रालय


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । नेपालले एक चीन नीतिको पक्षमा रहेको भन्दै हङकङका लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनको पक्ष लिएको छ ।

बुधवार परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले एक विज्ञप्ति जारी गर्दै हङकङमा कानुन र सुव्यवस्था लागू गर्नका लागि चीनले गरेको प्रयासको समर्थन गर्ने जनाएको हो ।

‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित तवरले पालना गराउनु राज्यको प्राथमिक जिम्मेवारीभित्र पर्दछ’, चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधवार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘नेपाल कुनै पनि मुलुकको आन्तरिक मामलामा हुने हस्तक्षेपको विश्वास गर्दैन । र, हङकङमा कानुन र सुव्यवस्था लागू गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस