उच्चस्तरीय समितिमा छलफल हुँदै, फेरिएला त लकडाउनको मोडालिटी ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उच्चस्तरीय समितिमा छलफल हुँदै, फेरिएला त लकडाउनको मोडालिटी ?


२० जेष्ठ २०७७, मंगलबार


 

काठमाडौँ । लकडाउन खुकुलो बनाउन कार्ययोजना तयार भएको छ । सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो बनाउने गरी नयाँ कार्ययोजनाको खाका बनेको हो ।

उक्त कार्ययोजनाबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । समितिको बैठकले उक्त नयाँ खाका पारित गरेमा अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको स्रोतले जनाएको छ।

समितिका सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउनु पर्ने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली तत्काल खुकुलो बनाउन नहुने पक्षमा छन् ।

आज सकिने लकडाउनको समय मन्त्रिपरिद्ले जेजेठ ३२ सम्म लम्ब्याएको छ।

स्रोतका अनुसार कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योग, कलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको छ । यसलाई आजै बस्ने समिति बैठकमा पेश गरिने छ ।

वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले ४४ वटा क्षेत्रसँग सम्बन्धित उद्योग, कलकारखाना तथा ढुवानीलाई सुचारु अनुमति दिए पनि बजार कलकारखाना सञ्चालन नहुँदा ती उद्योग पनि आंशिक मात्रै सञ्चालनमा छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस