मेडिसिटिका डक्टरको दादागिरी, सचिवलाई दुर्व्यवहार गर्दै अङ्ग्रेजीमा दिए गाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेडिसिटिका डक्टरको दादागिरी, सचिवलाई दुर्व्यवहार गर्दै अङ्ग्रेजीमा दिए गाली


२० जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । प्रदेश मन्त्रालयका एक सचिवले राजधानी काठमाडौँस्थित एक प्रतिष्ठित अस्पतालमा दुर्व्यवहार खेपेका छन् ।

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई ललितपुरको भैसैपाटीस्थित मेडिसिटी अस्पतालका डा.सुनिल कुमार शर्मा ढकालले अपशब्द बोल्दै दुर्व्यवहार गरेका हुन् ।

‘जनकपुरको मान्छे भन्दै नराम्रोसँग ठाउँ ठाउँमा अपमान गरे’, सचिव पुष्करले भने, ‘कोरोना सङ्क्रमित ठाउँबाट आएको भन्दै भेदभाव गरे सारै पीडा भो’

उनले राम्रोसँग चेक जाँच नगरेको र अङ्ग्रेजीमा हप्काएको समेत बताएका छन् ।

‘राम्रोसँग चेक जाँच पनि गरिदिएन, अङ्ग्रेजीमै करा, हप्काए, मैले नबुझ्या जस्तो गरेँ, सुनेँ, सहेँ, चुपचाप लागे’ उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।

डा. शर्माले बिरामीसँग गर्नुपर्ने सामान्य व्यवहारसमेत नदेखाएकोप्रति सचिव कर्णले आपत्ति जनाएका छन् । उनले भनेका छन् ‘डाक्टरले बिरामीसँग निर्वाह गर्ने आधारभूत कर्टसी पनि पुरा गर्नुभएन र एकैपल्ट बोल्न र सुन्न पनि लाज लाग्ने अङ्ग्रेजी शब्द प्रयोग गर्नुभयो ।’

सामान्य अवस्थामा सर्वसाधारण जनतामाथि लुट मच्चाउने केही ठुला भनिएका निजी अस्पतालहरूले कोरोना महामारीमा राज्यलाई नसघाउनेदेखि सर्वसाधारणलाई उपचारबाट नै वञ्चित गराएर आफ्नो असली चरित्र त यसअघि नै देखाई सकेका छन् तर एक राष्ट्र सेवक कर्मचारीमाथि ठुलै अस्पतालका ठुलै डक्टरले गरेको व्यवहार लज्जास्पद छ ।

यसबारे डा.शर्मासँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन भने अस्पताल प्रशासनले उहाँ व्यस्त हुनुहुन्छ भन्दै सम्पर्क गराउन चाहेन ।

Tags :
प्रतिक्रिया दिनुहोस