भारतीय चेलीको दादागिरी संसदभित्र चल्न थाल्यो : गंगा चौधरीको « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय चेलीको दादागिरी संसदभित्र चल्न थाल्यो : गंगा चौधरीको


१९ जेष्ठ २०७७, सोमबार


काठमाडौं । सत्तारुढ नेकपाकी सांसद गंगा चौधरीले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र नक्सा छाप्नुपर्ने भन्ने अभिव्यक्तिलाई उनले दादागिरीको संज्ञा दिएकी हुन् ।

उनले भनिन् भनिन्, ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?’

प्रतिक्रिया दिनुहोस