मापदण्ड बिनाका क्वारेन्टाइन कोरोना उत्पादन गर्ने कारखान बने : नेता महर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मापदण्ड बिनाका क्वारेन्टाइन कोरोना उत्पादन गर्ने कारखान बने : नेता महर


१९ जेष्ठ २०७७, सोमबार


नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले देशभरका क्वाइरेन्टाइनमा नागरिकहरूले उपचार नै नपाई ज्यान गुमाउन थालेको तर सरकार संवेदनाहिन बन्दै गएको बताएका छन्।

‘नागरिकहरू कोरोना परीक्षण गर्न नपाइकनै क्वारेन्टाइन भित्रै मृत्युवरण गर्न बाध्य छन्’, उनले भने, ‘तर सरकार कत्ति पनि चिन्तित छैन। जुन दुखद् कुरा हो।’ मापदण्ड नपु-याइ बनाइएका क्वारेन्टाइन कोरोना उत्पादन गर्ने कारखाना बनेका नेता महरको आरोप छ। उनले जनताको परीक्षण बिनै ज्यान जाँदा सरकारले ठोस कार्यक्रम ल्याउनु पर्नेमा त्यसो हुन नसक्नु दुखद् भएको बताए।

नेता महरले जनताको स्वास्थ्य र विश्व स्वास्थ्य संगठनको ख्याल गरेर देशभरका साना ठूला सबै होटेलहरूलाई क्वारेन्टाइन बनाउन सरकारसँग माग गरेका छन्।

पछिल्लो समय देशभर क्वारेन्टाइनमै मृत्यु हुनेको संख्या बढेको छ। आज मात्रै सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र बाजुरा जिल्लामा गरी २ जनाको मृत्यु भएको र मृत्युपछि कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको छ। यसरी उपचार नपाई क्वारेन्टाइनमै नागरिकले ज्यान गुमाउन थालेपछि सरकार गम्भीर बन्नुपर्ने आवाज उठिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस