भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि सर्लाहीको सिमामा हवाई फायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि सर्लाहीको सिमामा हवाई फायर


१८ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरी हवाई फायर खोलेको हो ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोज्दै हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस