बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नुपर्ने


१५ जेष्ठ २०७७, बिहिबार


 

काठमाडौँ । बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था गरिने घोषणा गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नै पर्ने बताए ।

उनले विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नै पर्ने उल्लेख गरे । उनले आगामी आर्थिक वर्षमा बैंक गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस