सेनाको बङ्कर टु ब्यारेकलाई निरन्तरता, सशस्त्रका ३९ बोर्डर आउट पोस्ट थपिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेनाको बङ्कर टु ब्यारेकलाई निरन्तरता, सशस्त्रका ३९ बोर्डर आउट पोस्ट थपिने


प्रशासन विशेष ब्युरो

१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सरकारले बङ्करमा रहेका सेनालाई ब्यारेक भवन बनाएर सार्न बजेट विनियोजन गरेको छ । सरकारले सेना र राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधियुक्त अनुसन्धानका लागि आवश्यक उपकरण तथा प्रविधि खरिदका लागि बजेटको व्यवस्था गरिएको हो।

त्यस्तै सरकारले यस आर्थिक वर्षभित्रै सशस्त्र प्रहरीका ३९ वटा बोर्डर आउट पोस्ट(बिओपी) थप्ने निर्णय गरेको छ।

यसका लागि आवश्यक बजेटको व्यवस्था बजेटमा गरिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका हुन्। सशस्त्रले २२१ वटा बोर्डर आउट पोस्ट राख्ने योजना अनुसार काम गरिरहेको छ। यसमा ३९ वटा थप भएका हुन्।

सरकारले नेपाल प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा विधि विज्ञान प्रयोगशालाका साथै साधन स्रोत युक्त बनाउन बजेट व्यवस्था गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस