चौरजहारी घटना : थप एक जनाको शव भेटियो « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

चौरजहारी घटना : थप एक जनाको शव भेटियो


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनामा वेपत्ता रहेका थप एक जनको शव आज भेटिएको छ ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

सञ्जुको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेपछि शव निकालिएको उनले बताए ।

यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । एक जना अझै बेपत्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस