कोरोनाले निको हुनेको संख्या १८७ पुग्यो, ५ को मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोनाले निको हुनेको संख्या १८७ पुग्यो, ५ को मृत्यु


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १८७६ पुगेको छ । बिहीबारसम्म कोशी अस्पतालका चार जना डिस्चार्ज भएसँगै निको हुनेको सँख्या १८७ पुुगेको हो ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार कोरोनाबाट ललितपुरका एक जनाको मृत्यु भएसँगै मृतकको सँख्या ५ पुगेको हो । ललितपुर महानगरपालिका–२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ५६ वर्षीय पुरुषको बुधबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको हो। अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले उनको निधन भएको बुधबार नै पुष्टि गरेका थिए।

मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको थियो। यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

जेठ ११ गते पाटन अस्पताल पुगेका ती पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो। जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो। १२ गते भेन्टिलेटरमा राखेपछि थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षणको पीसीआर रिपोर्ट मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालका निर्देशक बज्राचार्य बताए।

आज नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएभएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस