मानवअधिकार तथा लोकतन्त्र पुरस्कार शिव कङ्गाललाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मानवअधिकार तथा लोकतन्त्र पुरस्कार शिव कङ्गाललाई


१४ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । तेज तीर्थ ट्रष्टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार प्रजातन्त्र सेनानी शिव कङ्गाललाई दिने निर्णय गरेको छ ।

पञ्चायतविरुद्वको आन्दोलनका योद्धा कङ्गाललाई विगत पाँच दशकयता मूल्य र मान्यताको राजनीतिमा पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ । यो पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी नेपाल भाषा, सहित्य र कलातर्फ जुजुभाइ नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयत्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि जनही रु ५० हजार र प्रमाणपत्र रहेको छ । उनीहरुलाई नेपाल भाषाको इतिहास र साहित्यतर्फ पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस