राप्तीमा फौजी किरा रोकथामका प्रयास सुरु  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राप्तीमा फौजी किरा रोकथामका प्रयास सुरु 


१३ जेष्ठ २०७७, मंगलबार


देउखुरी दाङ । राप्ती गाउँपालिका क्षेत्रमा समेत मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएकोमा नियन्त्रणका लागि प्रयास सुरु गरिएको छ ।

प्रशस्त मात्रामा मकै खेती रहेको राप्ती गाउँपालिका क्षेत्रको वडा नं १, २, ४, ५ र ९ मकै खेतीको राम्रो सम्भावना रहेका र सो क्षेत्रमा फौजी किराको प्रकोप देखिन थालेपछि राप्ती गाउँपालिका कृषि प्रसार शाखा बाट किरा रोकथामको लागि काम सुरु गरिएको प्राविधिक सहायक वरसाति गडरियाले जानकारी दिनु भएको छ ।

राप्ती गाउँपालिकामा मकै सुपरजोनले सिफारिस गरेका औषधि र कोवरा नामक बायो कीटनाशक औषधि साथै किङस्टार र कि टोप नामक विषादी तथा स्प्रेयर वडा मार्फत वितरण गरिएको छ ।

लकडाउनको अवस्थामा आवश्यकता अनुसार रोग किरा भगाउन वा मार्ने औषधि उपलब्ध गराउन नसकिरहेको अवस्थामा गाउँपालिकाले कृषकलाई आवश्यकता अनुसार औषधि उपचारको व्यवस्थाका लागि प्रयास गरिरहेको बताइएको छ ।

यसै बिच विकास कोष नर्वेको सहयोगमा नामसालिङ विकास केन्द्र ईलामले सञ्चालन गरिरहेको“एकीकृत सामुदायिक विकास परियोजना“ को दाङ कार्यक्षेत्रमा पर्ने वडा नं १ र ९ का मकै कृषकलाई परियोजनाका लाभान्वित १०० साना किसानको करिब १५ हेक्टर जमिनमा पुग्ने विषादी गाउँपालिकाको कृषि शाखासँगको समन्वयमा वितरण गरिएको छ ।
विषादीको उपयोग गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी सम्बन्धी सचेत गराउँदै नामसालिङ द्वारा कृषकलाई विषादी वितरण गरिएको छ ।

ममै खोति गर्नुभएका कृषकले आफ्नो खेत बारीमा समेत त्यस्तो फौजी किराको लक्षण देखा परे वडा मार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस