आफ्नै निजी गाडीलाई एम्बुलेन्स बनाई बिरामी बोक्ने व्यक्तिमा कोरोना देखियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आफ्नै निजी गाडीलाई एम्बुलेन्स बनाई बिरामी बोक्ने व्यक्तिमा कोरोना देखियो


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौं । आफ्नै निजी गाडीलाई एम्बुलेन्स बनाई बिरामी ओसारपोसार गर्ने एक जनामा कोरोना पुष्टि भएको छ । सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो । उनी निजी एम्बुलेन्स सञ्चालक हुन् ।

उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पु‍र्‍याउने गरिरहेको नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलले जानकारी दिए । उनले भने, ‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं, उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो । ५१ जनामध्ये ती पुरुषको मात्र रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी कार्य सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस