काठमाडौंको टोखाका एक किराना पसेलेमा कोरोना संक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौंको टोखाका एक किराना पसेलेमा कोरोना संक्रमण


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका एक किराना पसलेमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार काठमाडौंको टोखामा कोरोना भाइरसको पुष्टि भएका एक जना किराना पसले भएको बताइएको छ । टोखामा दुई जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सोमबार ७२ जना मध्ये दुई जना टोखाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मेयर प्रकाश अधिकारीले बताए ।

नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा दुई जनाको पोजेटिभ रिपोर्ट आएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस