बारामा थप ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारामा थप ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि


११ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । बारामा थप चार जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित जनाएका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत पर्सा घर भएका ३२ वर्षीय एक प्रहरी जवान र ३४ वर्षीय दुई प्रहरी हल्दार र रौतहट घर भएका ३४ वर्षीय प्रहरी जवान सङ्क्रमित भएका हुन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो सङ्क्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरू सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

उनीहरूलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको प्रजिअ पण्डितले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस