२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक तथा कर्मचारीको डिजिटल आन्दोलन

अ+ अ-

सुर्खेत । मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन शुरु भएको हो ।

सङ्घीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट तथा कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन तथा सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिन आन्दोलन शुरु गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए । लकडाउनको अवधिमा भेला हुन नमिल्ने भएकाले प्रविधिको सहयोग लिएर सामाजिक सञ्जालबाट सङ्घीय सरकारलाई शिक्षकका मामलामा गम्भीर बनाउन डिजिटल आन्दोलन शुरु गरिएको उनले बताए ।

‘मुलुकमा ३६ हजार बाल विकासका शिक्षक र ३२ हजार विद्यालय कर्मचारी अहिले पनि न्यून परिश्रममा बाँच्न बाध्य छन्’, अध्यक्ष अधिकारीले भने, ‘यो सरासर अन्याय हो । श्रम ऐनले तोकेबमोजिम राज्यले उनीहरुलाई तलबभत्ता र दरबन्दीको सिर्जना गरी स्थायी प्रक्रियामा लग्नुपर्दछ ।’ त्यस्तै द्वन्द्वपीडित शिक्षकका समस्या समाधान, उपचारका लागि अस्पताल स्थापना, सामुदायिक विद्यालयको निजी स्रोत तथा निजी विद्यालयका कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोष, स्थायी शिक्षकको अस्थायी सेवा अवधि गणनाका लागि सरकारलाई सामाजिक सञ्जालमार्फत अनुरोध गर्ने अध्यक्ष अधिकारीले बताए ।

डिजिटल आन्दोलनका क्रममा उच्चस्तरीय दरबन्दी मिलान तथा पुनः व्यवस्थापन सुझाव कार्यदलको सिफारिसअनुसार राहत, अनुदान, साविक उच्च मावि र प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी व्यवस्थापन गरी स्थायी गर्नेदेखि शहीद स्मृति आवसीय विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत सिकाइ अनुदान र स्वयंसेवक शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्नुपर्नेलगायत मागहरु सरकारको आगामी बजेट तथा कार्यक्रममा समवेश गराउन प्रविधिमार्फत सरकारलाई दबाब दिने सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस