प्रहरी वृत्त स्वयम्भूका असई मृत फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरी वृत्त स्वयम्भूका असई मृत फेला


११ जेष्ठ २०७७, आइतबार


काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् ।

सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्की आइतबार बिहान सुतेकै अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

डीएसपी केसीका अनुसार असई कार्कीको कन्चटमा गाली लागेको भेटिएको र प्रारम्भिक अनुसन्धानमा उनी आफैले आफैले आफैलाई गोली हानेको हुनसक्ने खुलेको छ ।

तर उनको हत्या वा आत्म हत्या के हो भन्ने बार वास्तविकता अनुसन्धानबाट मात्रै खुल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस