आज दिने भनिएको सार्वजनिक बिदा भोलि १२ गते दिने गृहको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज दिने भनिएको सार्वजनिक बिदा भोलि १२ गते दिने गृहको निर्णय


११ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । सरकारले आज ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार : ११ गते सार्वजनिक बिदा

सम्बन्धित समाचार : इद उल फित्रका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

शुक्रवारको मन्त्रिपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने भनिएकोमा नेपाल र दक्षिण एसियाभरबाट शनिवार चन्द्रमा नदेखिएकोले उक्त पर्व १२ गते मनाउने निर्णय भएको भन्दै मुस्लिम आयोगको अनुरोध अनुसार आइतबारको सट्टा सोमबार बिदा कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस