परशुरामका कोरोना संक्रमित युवा सहरी विकास मन्त्रालयको कार्यालय डडेल्धुराका कर्मचारी हुन् : अस्पताल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परशुरामका कोरोना संक्रमित युवा सहरी विकास मन्त्रालयको कार्यालय डडेल्धुराका कर्मचारी हुन् : अस्पताल


१० जेष्ठ २०७७, शनिबार


डडेल्धुरा । शुक्रबार कोरोना संक्रमणको पुष्टि भएका परशुराम नपा १० का युवा सहरी विकास मन्त्रालयको कार्यालय डडेल्धुरामा कार्यरत रहेको खुलेको छ । उनी कार्यालय नजिकै डेरामा बस्दै आएका छन् । हाल उनको स्वास्थ्य अवस्थामा कुनै पनि समस्या नरहेको अस्पतालले जानकारी दिएको छ । उनी जिल्ला अस्पताल डडेल्धुरासँगैको आइशोलेसन कक्षमा बसिरहेको अस्पतालस्रोतले जानकारी दिएको छ ।

यहि जेठ ६ गते ज्वरो र टाउको दुखाइको लक्षण देखिएका कारण अस्पतालको इमर्जेन्सि कक्षमा भर्ना भएका युवाको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफास पोजेटिभ देखिएको थियो । ‘उनलाई अस्पतालले स्क्रब टाइफसको औषधि दिएको र थप समस्या आए अस्पताल आउन भनेर छोडिएको हो’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनलाई स्ब्रब टाइफसको औषधि दिएर घरमै आराम गर्नु भनेर अस्पतालबाट छोडिएको थियो ।

सोही दिन उनको कोभिड १९ को परीक्षणका लागि स्वाब संकलन गरी ७ गते परीक्षणका लागि धनगढी पठाइएको थियो । ९ गते उनको कोरोना पीसीआर पोजेटिभको रिपोर्ट आएको हो । उनको रिपोर्ट पोजेटिभ देखिनासाथै अस्पताल स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा उनलाई अस्पतालको आइसोलेशन कक्षमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनी अहिले अस्पतालकै निगरानीमा रहेको र उनको स्वास्थ्यमा कुनै पनि त्यस्तो जटिल समस्या नआएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस