ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना सङ्क्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना सङ्क्रमण


१० जेष्ठ २०७७, शनिबार


काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ ।

काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ ।

कर्मचारीमा शनिवार कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको मन्त्रालयल स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस