२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस बुझाएको अभियोगमा कर्मचारी पक्राउ

अ+ अ-

विराटनगर । प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोजेको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई रु १० हजार बुझाउन खोजेको अभियोग लगाइएको छ । झाले उक्त रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र त्यसबारे सोध्दा उनले केही नभएको पौडेलले बताएका छन् । झाले आफूले पौडेललाई रु १० हजार खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको जनाएका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिएका थिए ।

सो घटनाको सामान्य जानकारीपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा सङ्लग्नलाई आयोगमा बुझाउन निर्देशन दिएका थिए । लगत्तै आयोगको इटहरीस्थित कार्यालयले झालाई पक्राउ गरेको हो ।

आर्थिक मामिला मन्त्रालयमा महिनौँदेखि अन्य मन्त्रालय तथा कार्यालयको फाइल रोकिँदै आएको गुनासो आएको छ । भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उपसचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखाका कर्मचारीले दुःख दिनाका साथै फाइलसमेत हराउने, फ्याँकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस