आइतवार कोरोना पुष्टि भएका १० जना भारतबाट आएका थिए « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आइतवार कोरोना पुष्टि भएका १० जना भारतबाट आएका थिए


४ जेष्ठ २०७७, आइतबार


काठमाडौं । आइतबार कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएका १० जना भारतबाट आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित राजपुर नगरपालिका वडा नम्बर नौका सातजना र ईशनाथ नगरपालिकाका तीनजना छन्।

आइतबार बिहान कोरोना पुष्टि भएका राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष छन् । उनीहरू केही दिनअघि मात्रै भारतको मुम्बई, गुजरातलगायतका ठाउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

भारतबाट फर्केलगत्तै उनीहरूलाई सिधै क्वारेन्टिनमा पठाइएको प्रजिअ घिमिरेले बताए। क्वारेन्टिनमा रहेका उनीहरूको गत शुक्रबार स्वाबको नमुना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।

संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको प्रजिअ घिमिरले बताए ।

योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमित फेला परेका थिए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस