मौलिक हकको कार्यान्वयनका लागि शिक्षा अधिकृतलाई तालीम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौलिक हकको कार्यान्वयनका लागि शिक्षा अधिकृतलाई तालीम


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपालको संविधानमा भएका शिक्षासम्बन्धी मौलिक हकका व्यवस्थाको हरेक तहमा कार्यान्वयनका लागि सहजीकरण गर्न सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लूःनिभाः बाल सरोकार समूहले स्थानीय शिक्षा अधिकारीलाई प्रशिक्षित गरेको छ ।

अनलाइन माध्यमबाट गरिएको सो १० दिने क्षमता अभिवृद्धि कार्यक्रमको आज थालनी भएको हो । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा हरिप्रसाद लम्सालले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षाको अधिकारको बाँडफाँड र जिम्मेवारी कार्यान्वयनमा सहयोग पुग्ने बताए ।

तालिममा सुदूरपश्चिम प्रदेशका ४७ जना शिक्षा अधिकारी सहभागी छन् । सो अवसरमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता झङ्करबहादुर विष्ट र बाल सरोकार समूहका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले सहजीकरणका विषयवस्तुबारे उल्लेख गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस