काठमाडौँ महानगरका सफाइ कर्मचारीसहित ३१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरका सफाइ कर्मचारीसहित ३१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस(कोभिड–१९) पोजेटिभ देखिएको छ। शुक्रवार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकांश सफाइ कर्मचारी रहेको उनको भनाई छ ।

उनकाअनुसार आज महानगरपालिकाका फोहोर मैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयंसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

महानगरले स्वास्थ्य विभागको समन्वयमा शुक्रवार नौ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये आडीटी विधिबाट छ सय ६४ र पिसिआर विधिबाट दुई सय ७० जनाको परीक्षण गरिएको महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख बज्राचार्यले जानकारी दिएका छन्।

पीसीआर विधिबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले बताए। सफाइ कर्मचारीको कोरोना परीक्षण महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा भएको थियो।

आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पिसिआर परीक्षणका लागि पठाइएको प्रमुख बज्राचार्यले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस