घुस लिएको अभियोगमा मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घुस लिएको अभियोगमा मुद्दा


३१ बैशाख २०७७, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा पचरौता नगरपालिका बारामा कार्यरत कार्यालय सहयोगी ध्रुब महत्तो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नुनियाले एक विकास आयोजनाको कागजात मिलाइदिने भन्दै रु १५ हजार घुस लिएको अभियोग आयोगले लगाएको छ । आयोगले आरोपी नुनियालाई बिगोबमोजिमको सजायको माग गरी आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण प्रसारण ग्रीड महाशाखा हेटौँडामा कार्यरत इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस