क्वारेन्टिनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

क्वारेन्टिनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता


३१ बैशाख २०७७, बुधबार


राँझा । सीमावर्ती भारतीय क्वारेन्टिनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ ।

भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टिनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टिनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन सक्ने आशङ्काले स्थानीयवासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

पन्ध्र दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टिनमा रहँदै आएका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यको भनाइ छ । उनका अनुसार सङ्क्रमित तीनमध्ये एक युवक सोमवार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशङ्का बढेकाले वडामा सजगता अपनाइएको छ ।

उन्नाइस, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टिनमा बस्न पठाइएको थियो । नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस