२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवतीलाई निकाल्ने नोबेल अस्पतालमाथि कारबाही गरिने

अ+ अ-

काठमाडौँ । विराटनगरमा उदयपुरकी एक जना गर्भवती महिलाले सेवा नपाएर भौँतारिनुपरेको अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता डा. विकास देवकोटाले कोरोना संकटका बेला एक जना गर्भवती महिलाले सास्ती भोग्नु राम्रो घटना नभएको भन्दै दुःख व्यक्त गरे।

‘एक जना गर्भवतीले सेवा नपाएर भौँतारिनु परेको अवस्था र विभिन्न दुःखहरू बेहोर्नु पर्ने परेको अवस्था सञ्चारमाध्यममा आउँदा हामीलाई दुःख लागेको छ’, डा. देवकोटाले भने ।

सुत्केरी हुन आएकी गर्भवतीलाई सास्ती दिने क्रियाकलाप नदोहोर्‍याउन उनले आग्रह गरे। देवकोटाले नोबेलले गर्भवती निकालेकोबारे सत्य तथ्य पत्ता लगाउने उल्लेख गरे। उनले भने, ‘यदि लापरबाही भएको पाइएमा कारबाही गर्छौँ’,

साथै उनले यो बेलामा यस्तो क्रियाकलाप नदोहोर्‍याउन आग्रह गरे ।

उदयपुरकी एक गर्भवती महिलालाई विराटनगरको नोबल मेडिकल कलेजले अप्रेसन थिएटरबाटै निकालिदिएको थियो।

मङ्गलवार प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई हस्पिटलले अप्रेसन थिएटरबाट कलेजले निकालेको थियो। कोरोना सङ्क्रमण फैलिएको जिल्लाबाट आएको बताउँदै चिकित्सकले बिरामीलाई विराटनगरको कोसी अस्पतालमा रेफर गरेका थिए। उनका श्रीमान् प्रकाश गुप्ताले सरस्वतीको पहिलो बच्चा पनि नोबलमै जन्मिएकाले यहाँ ल्याइएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस