२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउटेलाई राहत

अ+ अ-

सुर्खेत । भेरीगङ्गा नगरपालिकाको छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ । लामो बन्दाबन्दी(लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकबेँसी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा ४६ राउटे परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिघर ३० किलो चामल, पाँच लिटर तेल र १५० वटा माक्स वितरण गरिएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले जानकारी दिए । राहत पाएपछि राउटे समुदाय खुशी भएका छन् । लकडाउनले गर्दा उनीहरूले बनाएका काठका सामग्री घरमै थन्किएपछि खाद्यान्न अभाव भएको थियो ।

लकडाउनका कारण आफुले बनाएका काठका सामग्री बिक्री हुन छाडेपछि राउटेले समुदाय चिन्तित बनेका थिए । लकडाउनका कारण आफूहरुले बनाएका सामग्री बिक्न छोडेको राउटे युवा सूर्यनारायण शाहीले बताए। काठबाट बनाइएका कोसी, मधुश, आरी र खाट लगायतका सामग्री विभिन्न गाउँ तथा बजारमा पुगेर अन्नसँग साट्न नपाएपछि समस्या भएको शाहीको भनाइ थियो ।

जङ्गली जनावरको शिकार गर्ने, जङ्गलमा पाइने काठबाट बनाइएका सामग्री बेचेरै जीविका चलाउनु उनीहरुको मुख्य पेशा हो । आफूलाई जङ्गलका राजा भनेर चिनाउने उनीहरुलाई अहिले दैलेख गुराँस गाउँपालिका र विभिन्न सङ्घसंस्थाले राहत दिने गरेका छन् ।

राउटे समुदायलाई गुराँस गाउँपालिकाले अस्थायी परिचयपत्र दिई गाउँपालिकाको नागरिकका रुपमा सेवा सुविधा दिँदै आएकोे छ । उनीहरुलाई गाउँपालिकाबाट भत्ता र स्वास्थ्य शिक्षामा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । अध्यक्ष वलीले कोरोना भाइरसबाट बच्नका लागि उनीहरुको स्वास्थ्य परीक्षण र खाद्यान्नसमेत वितरण गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस